"आज फेरि एक पल्ट तिमिलाई सम्झेर मुसुक्क हास्न मन लाग्यो किन भन न?"
किन?
भो, पछी कुनै अरु दिन भनौला, हाम्रो अरु भेटहरुमा "
"अनि तिम्रो त्यो 'अरु भेटहरु' आएनन भने नि? " उनले झट्टै सोधी हालिन
"कसरी न आउनु, बगेको खोला त पानि को रुप लिएर बर्षात भई कुनै न कुनै दिन फर्की आउनु पर्छ भने...."
अनि त्यो समय लाई पर्खि रहने हाम्रो जीवन त्यति लामो छ र?
साहेद छैन, तर हिजो जसरी तिमि अनि मेरो भेट भयो, भोलि पनि त्यहि स्वरुपमा हुनु नै छ, अनि यी सब हुन कति समय लाग्दो रहेछ त हैन र?
"हामी दुई जनाको भेट त्यस दिन त्यो कलेजमा न भएको भए के हुने थियो है?" उनको यो अनौठो प्रश्नले मलाई एक छिन चुप पार्यो, तर मैले फेरि भने,
"साहेद अरु कुनै दिन हुन्थ्यो होला, हाम्रो कलेज त्यति ठुलो पनि त थिएन नि !"
अनि हामी दुई जना मध्ये कोहि एकले त्यो कलेजमा नाम न लेखको भए नि?
साहेद कुनै दिन समय चक्र अनुरुप हाम्रो कुनै एक ठाउँमा भेट हुने थियो अनि चुम्बकीय शक्ति झैँ हाम्रो भावनाले एक अर्कालाई परिचय गराउने थियो|
तिमि साच्चै मान्छौ है यी सब कुराहरु लाई?
पहिले त मान्दिन थिए, तर तिमिलाई पाए देखि मान्न थालेको छु |
अ ह... अनि अरु...
अरु कुनै दिन, फेरि अरु कुनै दिन.....उनको समयमा